arrow

कांग्रेस केन्द्रीय समिति बैठकको पाँचौँ दिन जारी [लाइभ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको पाँचौँ दिन जारी रहेको छ । गत मंगलबारदेखि पार्टी मुख्यालय वीपीनगर सानेपामा बसिरहेको बैठक शनिबार एक दिनको विश्रामपछि पुनः बसिरहेको हो । 

बैठकमा अझै अढाई दर्जन केन्द्रीय सदस्यहरुले सम्बोधन गर्न बाँकी छ । आज सबैले बोलिसक्ने जनाइएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजै बैठक सकिन पनि सक्ने तर बोल्न बाँकी सदस्यहरु धेरै रहेकाले भोलिसम्म चल्न सक्ने बताएका छन् । 

बैठकमा सबै सदस्यहरुले बोलेपछि निर्णयहरु पारित गरिने छ । 

बैठकमा १० वटा एजेन्डा रहेका छन् । तर बोल्ने सदस्यहरुले एडेन्डामा बोल्नुभन्दा सभापति र महामन्त्रीका विषयमा मात्रै बोलेका छन् । केही औँलामा गन्न मिल्ने सदस्यहरुले मात्र पार्टी हित र संगठनका बारेमा बोलेका छन् । 

बैठक पहिलो पटक प्रत्यक्ष प्रशारण गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ