arrow

राप्रपा भन्छ –हर्क साम्पाङले सामाजिक सद्भाव खल्बल्याउने र जातीय विद्वेष पैदा गर्ने काम अविलम्ब बन्द गरून्

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
harka-sampang-dharan.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) लाई सामाजिक सद्भाव खल्बल्याउने र जातीय विद्वेष पैदा गर्ने काम अविलम्ब बन्द गर्न आग्रह गरेका छन् । 

केही दिनयता साम्पाङको अभिव्यक्ति र कार्यको आलोचना भइरहेका बेला प्रवक्ता श्रेष्ठले हिन्दू धर्म र सनातन धर्मसंस्कृतिप्रति भ्रम पैदा गर्नेगरी दिएको साम्पाङको अभिव्यक्ति र शैली अशोभनीय र खेदजनक रहेको बताएका छन् । 

‘हिन्दूहरुप्रति निरन्तर तुच्छ गालीको भाषा बोल्ने, सनातन धर्मसंस्कृतिप्रति भ्रम पैदा गर्ने, शालीन प्रतिवाद गर्नेलाई उल्टो चेतावनी दिने धरानका मेयर साम्पाङको हर्कतहरु अशोभनीय र खेदजनक छन् । सामाजिक सदभाव खल्बल्याउने, जातीय विद्वेष पैदा गर्ने प्रायोजित काम तिनले अविलम्ब बन्द गरून्,’ उनले फेसबुकमा लेखेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ