arrow

दधिराज सुवेदी पुरस्कार रेग्मी र न्यौपानेलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
dadhiraj-subedi-puraskar-2080.jpg

विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट  प्रदान गरिने  २०७९ सालका दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कथाकार सनत रेग्मीलाई र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार अनन्तराज न्यौपानेलाई प्रदान गरिएको छ । 

उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले प्रदान गरेका हुन् । पुरस्कारको राशि क्रमशः एकाउन्न हजार र पच्चीस हजार रुपैयाँ रहेको छ ।
       
दधिराज सुवेदी नेपाली भाषा साहित्यको क्षेत्रमा परिचित र प्रतिष्ठित नाम हो । सो कार्यक्रममा सांसदद्वय केदार कार्की , ॠषिकेश पोखरेल, उद्योगपति राजेन्द्र राउत, नेकपा समाजवादी केन्द्रका केन्द्रीय सदस्य महेश रेग्मी , प्राज्ञ गंगा सुवेदी, विवश पोखरेल लगायतले दधिराज सुवेदीको साहित्यिक योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य प्रकट गरेका थिए भने पुरस्कृत स्रष्टाद्वयको परिचय कवि चूडामणि नेपाल अकिन्चन र पत्रकार कुमार लुइँटेलले दिएका थिए । 

सम्मानित स्रष्टालाई समर्पण गरिएको सम्मानपत्र , रूपकराज सुवेदी, इन्दु सुवेदीले वाचन गरे भने अतिथिको स्वागत प्रतिष्ठानका उपाध्यक्ष शरदराज सुवेदीले  तथा कार्यक्रम संचालन प्रतिमा निरौलाले गरेकी थिइन् । सम्मानित स्रष्टाहरूले विगत र वर्तमानमा आफ्नो साहित्यिक र पत्रकारिता क्षेत्रमा गरेको कार्यबारे प्रकाश पारेका थिए ।

कार्यक्रम प्रतिष्ठानका सभापति विवश पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो । समालोचक साहित्यकार दधिराज सुवेदीका पुत्रद्वय शरदराज सुवेदी र रूपकराज सुवेदीले पिताजीको नाममा राखेको रु १५ लाख अक्षयकोषको ब्याजबाट उक्त पुरस्कार समर्पण गरिन्छ । 

यो पुरस्कार हरेक वर्ष प्रदान गरिने सचिव दिङ्लली कान्छोले जानकारी गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ