arrow

दोहोरो अंकले घट्यो शेयर बजार

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट सोमबार शेयर बजार सकारात्मक बन्न सकेन । यसले मौद्रिक नीतिप्रति लगानीकर्ताको तत्कालको प्रतिक्रिया सकारात्मक नरहेको रुपमा हेरिएको छ । यस दिन नेप्से सूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा अडिएको छ । 

आमलगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने विन्दुमा गएर नेप्से ट्वाक्क अडिएको छ । कारोबार रकम भने थप बढेको छ । यस दिन एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । 

सोमबार शेयर बजार तल झर्नुमा प्रमुख ३ वटा कारण देखिएको छ । पहिलो, अघिल्लो दिन आइतबार सूचकमा भारी वृद्धि भएकाले सोमबार लगानीकर्ताहरुले नाफा बुक गरेका हुन् । 

यस दिन २६५ कम्पनीको २ करोड ९ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । २५ करोड ५६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई बैंक र प्रभु बैंक रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ