arrow

नेप्सेमा निरन्तर पहिरो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । मनसुन चलिरहँदा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमासमेत निरन्तर पहिरो गएको छ । सोमबार दोहोरो अंकले ओरालो लागेको नेप्से मंगलबार पनि ओरालो नै लाग्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ६३ अङ्कले ओरालो लागेर दुई हजार ६०८ दशमलव ३३ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर ४५२ दशमलव ७९ अङ्कमा सीमित भएको छ ।

    कूल ३६५ कम्पनीको ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर रु तीन अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार, कारोबारका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा छ । टक्सार पिखुवा खोला हाइड्रोपावर, आँखु खोला जलविद्युत् कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, याम्बलिङ हाइड्रोपावर शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार स्नो रिभर लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त, स्ट्याण्र्डड चार्टड बैंकको डिवेञ्चर र सिर्जनशील लघुवित्तका लगानीकर्ताले कमाएका छन् । टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, सोपान फर्मासिटिकल्स, श्रीनगर एग्रीटेक र पियोर इनर्जीका लगानीकर्ताले भने गुमाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ