arrow

डेंगीका कारण १८५ जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
dangue.jpg

काठमाडौं ।  बङ्गलादेशमा यस वर्ष डेंगीका कारण मृत्यु हुनेको सङ्ख्याया १८५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय (डिएफएचएस) ले मङ्गलबार जनाएको छ ।

सङ्क्रमितको सङ्ख्या ३५ हजार २७० पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । 

स्थानीय समयअनुसार सोमबार बिहान ८ः०० बजेसम्म पछिल्लो २४ घण्टामा लामखुट्टेको टोकाइबाट सर्ने रोग डेंगीका कारण नौ जनाको मृत्यु भएको र यो महिना अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३८ पुगेको महानिर्देशनालयले पुष्टि गरेको छ । 

महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत महिना पाँच हजार ९५६ जनामा लामखुट्टेको टोकाइबाट डेंगी को सङ्क्रमण देखिएपछि जुलाईको पहिलो २४ दिनमा थप २७ हजार २९२ जनामा डेंगीको सङ्क्रमण देखिएको थियो । यो अवधिमा ढाकामा एक हजार २३८ सहित दुई हजार २९३ जना नयाँ डेंगीका बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस वर्षको जनवरी १ देखि जुलाई २४ सम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर २७ हजार ६२२ जना डेंगीका बिरामी घर फर्केका छन् । 

डेंगीको बढ्दो सङ्ख्यासँग जुध्न बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ