arrow

कांग्रेस बैठकमा सभापति देउवाको जवाफ [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिँदैछ । दुई घण्टा ढिला गरी बैठक बसेको छ । साउन २ गतेदेखि जारी बैठक आज सकिन लागेको हो । यसअघि पार्टी मुख्यालय वीपीनगर सानेपामा सोमबार सभापति सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुले आफ्नो विचार राखिसकेका छन् । 

यो बैठकमा सभापति शेरबहादुर देउवाले बैठकमा उठेका धारणा र विषयलाई निष्कर्ष दिन जवाफ दिएसँगै महामन्त्रीले पेश गरेको कार्यक्रम पारित गर्ने कार्यक्रम रहेको छ । 

पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्णयहरु पारित भएसँगै केन्द्रीय समिति बैठक टुंगिने बताए । केन्द्रीय समिति बैठकले गर्ने निर्णयको खाकाको विषयमा देउवाले हिजै पदाधिकारीहरुसँग छलफल गरेका थिए । 

पार्टीमा विभिन्न १० एजेन्डामा सदस्यहरुले आफ्नो धारणा राखेका छन् । त्यसलाई नै आधार बनाएर एक वर्षको कार्यक्रम तय हुनेछ । अबको कांग्रेसको रणनीति बन्नेछ । 

कांग्रेसले पहिलो पटक केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ