arrow

गत मंसिरमै खर्च विवरण बुझाएका गगनले तिरे १५ हजार जरिबाना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ११ बिहिबार
gagan-kumar-thapa-kathmandu-4-congress-mp-2079-2022.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिबाना तिरेका छन् । गत मंसिरमै निर्वाचनको खर्च विवरण बुझाइसकेका थापाले प्रक्रिया नबुझेपछि अनावश्यक रुपले जरिबाना बुझाउनु परेको हो । 

निर्वाचन खर्च सार्वजनिक गरेकोबारे आयोगलाई जानकारी नगराउने उम्मेदवारलाई आयोगले जरिबाना गर्ने निर्णय गरेको थियो । थापाले खर्च विवरण आयोगलाई बुझाएर सार्वजनिक गरे पनि सार्वजनिक गरेको जानकारी आयोगलाई गराएका थिएनन् । 

सोही त्रुटिका कारण उनले जरिबाना तिरेका हुन् । 

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले निर्वाचन आयोगमा मिति २०७९-०८-२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनुपर्ने जानकारी नभएको जानकारी गराउँछु । अतः १५ हजार जरिबाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु’, उनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ