arrow

कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा विभिन्न पुरस्कार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १२ शुक्रबार
badribakram-thapa-guthi-2080.jpg

काठमाडौँ । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले एक कार्यक्रमबीच ‘सेवा पुरस्कार नेपाल २०८०’ नेपाल आँखा अस्पताल तथा ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार २०८०’ समाजसेवी भरतबहादुर थापालाई समर्पण गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् प्राडा केदारभक्त माथेमाले आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई पुरस्कार समर्पण गरे । 

सम्बोधनका क्रममा उनले कर्मयोगी बद्रीविक्रम थापाको सामाजिक, प्रशासनिक योगदानको चर्चा गरे । माथेमाले थापाको आत्मकथा सबैका लागि प्रेरणादायी हुने बताउँदै आत्मकथा ल्याउनुपर्नेमा जोड दिए ।

गुठीका सल्लाहकार तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले समाजसेवी भरतबहादुर थापालाई राष्ट्रगौरव पुरस्कार समर्पण गरे । 

उक्त दुवै पुरस्कारका साथ नगद राशि २ लाख २२ हजार २२२ पनि प्रदान गरियो ।

कार्यक्रममा प्राडा लोकविक्रम थापाद्वारा स्थापित ‘बद्रीविक्रम थापा चरित्रनिर्माण पुरस्कार २०८०’ हिन्दू विद्यापीठ नेपाल, थलीकी छात्रा प्रतिमा सापकोटालाई समर्पण गरिएको थियो । पुरस्कारका साथ नगद राशि १० हजार पनि प्रदान गरियो । 

त्यसै अवसरमा गुठीको मुखपत्र वार्षिक पत्रिका ‘सेवा नेपाल’ को ‘सत्यमोहन जोशी स्मृति अंक’ लोकार्पण गरिएको थियो । 

कार्यक्रममा गुठीले कुलरत्न खड्की र न्हुच्छे माया शाहीलाई श्रम सम्मान समर्पण गर्यो भने श्रमिक बाल विज्ञान आधारभूत सामुदायिक विद्यालय, पुल्चोक तथा श्रीकृष्ण प्रणामी निजानन्द वृद्धाश्रम, पुल्चोकलाई आर्थिक सहयोग प्रदान गर्यो ।

गुठीका कोषाध्यक्ष किरण थापाले संस्थाले शिक्षा, स्वास्थ्य, श्रम र साहित्यका क्षेत्रमा काम गर्दै आएको बताए । 

कार्यक्रममा प्राडा सुरेशराज शर्मा, राजनीतिज्ञहरू कमल थापा, शशी श्रेष्ठ, समाजसेवी भरतबहादुर थापा, डा. गोपालप्रसाद पोखरेल, डा. चिन्तामणि योगी, र सार्वजनिक पुस्तकका सम्पादक हरि मञ्जुश्रीले बोलेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ