arrow

पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १३ शनिबार
narayanghad-mugling-2080-03-23.jpg
तस्बिर – फाइल ।

भरतपुर । पहिरो खसेर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो । 

सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । 

पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ