arrow

माओवादी टोली भाजपाको निमन्त्रणा मानेर फर्कियो दिल्लीबाट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १३ शनिबार
maoist-bjp-2080-04-12.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रको टोली स्वदेश फर्केको छ । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा साता दिनअघि नयाँ दिल्ली गएको माओवादी केन्द्रको टोली स्वदेश फर्केको हो ।

पम्फा भुसालको नेतृत्वमा नयाँ दिल्ली गएको टोली शुक्रबार राति स्वदेश फर्किएको हो । भुषाल नेतृत्वको सो टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरु सुरेशकुमार राई र रामेश्वरराय यादव रहेका थिए ।

साताब्यापी नयाँ दिल्ली भ्रमणमा भुषाल नेतृत्वको टोलीले भाजपा अध्यक्ष जगतप्रकाश नड्डा, केन्द्रीय मन्त्री स्मृति इरानीलगायतसँग पार्टी मुख्यालयमा भेटवार्ता गरेको थियो । 

दुई पार्टीबीच भाइचारा सबन्ध विस्तार गर्नका लागि भाजपाले माओवादी केन्द्रलाई निम्तो दिएको थियो । भाजपाले विश्वभरीका राजनीतिक दलसँग सबन्ध विस्तारका लागि बिभिन्न देशका पार्टीहरुलाई निमन्त्रणा गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ