arrow

प्रयोगको चक्करमा वेष्ट इन्डिजसँग हार्‍यो भारत

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
cricket-india-west-indies-2023-07-29.jpg

काठमाडौँ । भारतले वेष्ट इन्डिजसँग खेलाडीहरुको प्रयोग गर्दागर्दै दोस्रो एक दिवसीय क्रिकेट खेल नै गुमाएको छ । ब्रिजटाउनमा भएको दोस्रो एक दिवसीय खेलमा भारत ६ विकेटले पराजित भयो । 

पहिले ब्याटिङ गरेको भारत ४०.५ ओभरमै १८१ रन बनाएर अलआउट भयो । पहिलो विकेटका लागि ९० रनको साझेदारी भए पनि थप ९१ रन जोड्दा भारतले सबै विकेट गुमायो । इशान किशनले ५५ तथा शुबमन गिलले ३४ रन बनाए । 

प्रयोगका रुपमा भारतका नियमित कप्तान रोहित शर्मा र पूर्वकप्तान विराट कोहली नखेलेको खेलमा हार्दिक पाण्डेयाले कप्तानी सम्हालेका थिए । 

वेष्ट इन्डिजका लागि गोडाकेश मोटी र रोमारियो शेफर्डले ३–३ विकेट लिए । 

जवाफमा वेष्ट इन्डिजले ३६.४ ओभरमै ४ विकेटको क्षतिमा जित हासिल गर्यो । 

कप्तान शाइ होपले अविजित रहँदै ६३ तथा केसी कार्थीले अविजित रहँदै ४८ रन बनाए । यो खेलसँगै वेष्ट इन्डिजले तीन खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ । 

पहिलो खेल भारतले जितेको थियो । अन्तिम तथा निर्णायक खेल मंगलबार हुनेछ । 

यसअघि भारतले लगातार नवौँ पटक टेष्ट श्रृंखला जितेको थियो । एक दिवसीयपछि भारतले पाँच खेलको टी–२० श्रृंखला खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ