- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने बन्दागोभी गत आर्थिक वर्षमा विराटनगर र मेची भन्सार हुँदै रु १४ करोडभन्दा बढीको निर्यात भएको भन्सार विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी पुण्यविकास अधिकारीका अनुसार आव २०७९/८० मा यी दुई भन्सारबाट रु १४ करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको बन्दागोभी निर्यात भएको हो ।
उनले पूर्वी नाका काँकरभिट्टाबाट रु सात करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको ७६ लाख ३९ हजार १३ केजी बन्दागोभी निर्यात भएको जानकारी दिए ।
विराटनगर भन्सार हुँदै एक वर्षको अवधिमा रु छ करोड ५६ लाख ९२ हजार आठ सय मूल्य बराबरको ४५ लाख ६२ हजार केजी बन्दागोभी निर्यात भएको उनको भनाइ छ ।
कोशीका धनकुट्टा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ जिल्लामा बन्दागोभीको व्यावसायिक खेती हुने गरेको छ ।
अघिल्लो आवको नौ महिनामा मात्र पूर्वी नाका काँकरभिट्टाबाट रु १७ करोड बढीको बन्दागोभी निर्यात भएको थियो ।
जसको तुलनामा गत आर्थिक वर्षमा यसको निर्यात आधाभन्दा बढी घटेको तथ्याङ्कले देखाउँछ ।