arrow

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, ग्यासको घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
nepal oil.jpg

पोखरा । नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ । 

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ भने खाना पकाउने एलपि ग्यासको घटेको छ ।

नेपाल आयल निगमका अनुसार मंगलबार मध्यराति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाइएको हो । 

भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको हो ।

मूल्य समायोजनसँगै पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ ।

यस्तै त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटेको छ ।

यो सँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । 

खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६ सय ६० रुपैयाँ पर्ने निगमले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ