arrow

सुनकाण्डमा मुछिएको आरोप लागेको लामो समयपछि बोले महरा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
krishna-bahadur-mahara-new.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफू सुन काण्डमा संलग्न नभएको जनाएका छन् । 

चिनियाँ ब्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागिरहेका बेला महराले सो स्पष्टीकरण दिएका हुन् । 

उनले सो प्रकरणमा अनुसन्धान गर्न आफूले सघाउने पनि जनाएका छन् । ‘केही दिन यता संचारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यसअघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहान्छु । फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु,’ महराले भनेका छन, ‘जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहन्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने  प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।’

यो प्रकरणमा महरा र उनका छोरा संलग्न रहेको आरोप लागेकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ