- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । चन्द्रप्रसाद ढकाल नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघले सय दिन पूरा गरेको छ । यो हनिमुन अवधिमा महासंघले के उपलब्धि हासिल गर्यो त भनी कार्यक्रम गरेरै अध्यक्ष ढकालले सार्वजनिक गरेका छन् ।
सो क्रममा अध्यक्ष ढकालले व्यवसायीहरूलाई ऋण दुरुपयोगको आरोप लगाएर कारबाही गर्दा आर्थिक क्षेत्रमा दुर्घटना निम्तिने चेतावनी दिएका छन् । उनले व्यवसायीलाई अनावश्यक कारबाहीका कुरा नगर्न आग्रह गरेका छन् । उनले अहिलेको अवस्थामा निजी क्षेत्रलाई ऋण मिलान गर्न समय दिन दिनुपर्ने बताए ।
उनले निजी क्षेत्रका सुझाव सुनुवाइ नभएकोसमेत बताएका छन् ।
ढकालले सय दिनमा र भएका उपलब्धिहरुलाई आफ्नो सम्बोधनमा यसरी समेटेका छन्–