arrow

जनप्रतिनिधिहरू व्यापारी भन्दा पनि मुनाफाखोर भए (भिडियो)

नेपालमा जनसंस्था स्थापित भएको गणतन्त्र छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
damannath.JPG

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेपालमा जनप्रतिनिधिहरू व्यापारी भन्दा पनि मुनाफाखोर भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजतन्त्र विस्थापित भएपछि जनप्रतिनिधिहरू मुनाफाखोर भएको बताएका हुन् । 

उनले नेपालमा केवल राजसंस्था विस्थापित भएको गणतन्त्र मात्र भएको बताए । उनले गणतन्त्रमा जनताको हित हुनुपर्ने भए पनि जनसंस्था र जनप्रतिनिधिहरू व्यापारी भन्दा पनि मुनाफाखोर भएका बताए । 

उनले भने,'रिपब्लिक भनेको के हो भने जहाँ कुनै सामन्त या कुनै जन्मजातको आधारमा राजा हुँदैन । त्यहाँ जनता शिवाय कोही हुँदैनन् । जनताकै शासन हुन्छ । जनप्रतिनिधिकै शासन हुन्छ । तर अहिले हामीकहाँ रिपब्लिक पनि कस्तो भइरहेको छ भने राजसंस्था विस्थापित भएको रिपब्लिक भएको छ । राजसंस्था छैन । तर जनसंस्था स्थापित भएको छैन । तर यहाँ त जनप्रतिनिधिहरू, जनसंस्थाहरू पनि व्यापारी भन्दा पनि मुनाफाखोर । अनुचित लाभ लिन राजनीति गरेका छन् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ