- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । थापाथली क्याम्पसमा इन्जिनियरिङ पढाइको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
शुक्रबार स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ पढाइको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शन गरेको हो ।
विद्यार्थीहरुले इन्जिनियरिङ पढाइको शुल्क सरकारले १४० प्रतिशतसम्म बढाउन लागेको बताए । उनीहरूले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले ३ लाख ३० हजार रूपैयाँबाट बढाएर ७ लाख ७७ हजार बनाउन नहुने भन्दै त्यसको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
त्यस्तै थापाथली क्याम्पस सानो क्षेत्रमा सञ्चालनमा रहेको भन्दै इन्जिनियरिङ क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग राखेका छन् ।
उनीहरुले शिक्षामै राजनीति, देशको बेइज्जती, टीयू युनिभर्सिटी रोज्ने कि टीयू एयरपोर्ट, सरकारले झुटो आश, ठूलो निराश देखायो, सरकार तिमी पनि मौन बसे, म पनि मौन बसिदिन्छु तर तिमी दरबारमा बस, म सडकमा, एक सय ४० प्रतिशत फि बढ्ने, गरिवले पढ्ने कि नपढ्ने ? लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।