arrow

‘डोपिङ कन्ट्रोल अफिसर्स’ को प्रशिक्षक प्रशिक्षण सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २० शनिबार
noc-anti-doping-training-2023-08-05.jpg

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको आयोजना तथा कोरिययन एन्टी डोपिङ एजेन्सी (काडा) को संयोजकत्वमा शनिबारदेखि ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ) को प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । कमिटीको मुख्यालय सातदोबाटोमा सञ्चालन भएको कार्यक्रम दुई दिन चल्नेछ ।

यो कार्यत्रमपछि अब नेपालमै डीसीओको प्रशिक्षण दिन सकिनेछ । डीसीओ प्रशिक्षक प्रशिक्षण कार्यक्रम नेपालमा भएको यो पहिलो पल्ट हो । कमिटीका अध्यक्ष एवं पूर्व मन्त्री जीवनराम श्रेष्ठले एक समारोहबीच प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गरे । प्रशिक्षक प्रशिक्षणका लागि काडाबाट तीन विशेषज्ञ आएका छन् । 

प्रशिक्षकमा काडाका सीओओ म्युङ सु–किम, किजो हान र मिनजोङ सो रहनु भएका छन् । कार्यक्रममा छ जनाको सहभागिता रहेको छ । 

सहभागी हुनेमा चिकित्सकहरु सरोजकृष्ण श्रेष्ठ नबीसमानसिं प्रधान, ज्ञानेन्द्रविक्रम शाह, सुसन वैद्य, असिम सुवेदी र पूजा भण्डारी रहेका छन् । त्यसमध्ये श्रेष्ठ कमिटी अन्तर्गतको मेडिकल कमिशनका प्रमुख पनि हुन् । 

कार्यक्रमका अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदमा एन्टी डोपिङ सम्बन्धी ज्ञानको महत्त्वमाथि जोड दिएका थिए । यस्तै काडाका सीओओ सु–किमले नेपालमा एन्टी डोपिङ सम्बन्धी प्रशिक्षक तयार हुन लागेकोमा खुशी व्यक्त गरे । 

नयाँ खेलकुद ऐन अनुसार नेपालमा नेपाल एन्टी डोपिङ एजेन्सी (नाडा) गठन हुने क्रममा छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत यो स्वायत्त निकाय हुनेछ ।



लोकप्रिय समाचार
नयाँ