arrow

कार्कीको संरक्षण हाम्रो कार्यालयले गर्न सक्दैन: महान्यायाधिवक्ता श्रेष्ठ

logo
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
Raman_Kumar_Shrestha--1000x0.jpeg
काठमाडौँ। महान्यायाधिवक्ता रमण श्रेष्ठले निलम्बित अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको संरक्षण सरकारी वकिलले गर्न नसक्ने बताएका छन् । 
 
महान्यायाधिवक्ता कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले महाअभियोग लागेका संवैधानिक निकायको व्यक्तिमाथि सरकारी वकिलले संरक्षण गर्न नसक्ने बताएका हुन् । 
 
महान्यायाधिवक्ता श्रेष्ठले भने , “महाअभियोग एकप्रकारको सजाय हो, त्यसको संरक्षण महान्यायाधिवक्ता कार्यालयले गर्दैन ।” 
 
द्वन्द्वकालका घटनाका सबै मुद्दामा माफी नहुने दोहोर्‍याउँदै उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सिफारिसबाट आएका मुद्दाको सङ्क्रमणकालीन विशेष अदालतमा निरुपण गर्ने बताए । 
 
महान्यायाविधक्ता श्रेष्ठले द्वन्द्वकालीन घटनामा हदम्याद नलाग्ने गरी ऐन संशोधन गर्न लागेको समेत जानकारी दिनुभयो । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ