arrow

सुन प्रकरणको फाइल सीआईबीलाई हस्तान्तरण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
100kg-gold-handle-cib.jpg

काठमाडौँ । अवैध सय किलो सुन प्रकरणको छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिम्मा लिएको छ । अहिलेसम्म राजस्व अनुसन्धान विभागले सम्हाल्दै आएको यो अनुसन्धान आज राजस्व विभागले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो । 

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार सम्पूर्ण प्रकाउ परेका व्यक्ति, सामान र अन्य सामग्री प्रहरीलाई हस्तान्तरण गरिएको हो । 

अन्य कानून पनि आकर्षित हुने र टुंगोमा पुऱ्याउन प्रहरीलाई दिइएको उनले बताए । 

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् । जसमा ३ जना विदेशी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ