arrow

लायन्स क्लब सामाजिक संस्था : मन्त्री यादव 

logo
निरञ्जन साह,
प्रकाशित २०८० साउन २२ सोमबार
krisha-prasad-yadhav.JPG

धनुषा । लायन्स क्लब सामाजिक संस्था भएको हुनाले यसको खास उद्देश्य समाज सेवामा आधारित रहेको सेवाहरू गर्ने कार्य रहेको मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादवले बताएका छन् ।

लायन्स क्लब जनकपुरधाम एवं लायन्स क्लब जनकपुरधाम गार्गीको संयुक्त शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै मन्त्री यादवले यस संस्थाले खासगरि स्वास्थ्य,शिक्षा, प्रशासन एवम् अन्य क्षेत्र यो सेवा प्रदान गरिने बताएका हुन् ।

यो सेवा हाम्रो समाजमा उत्थानको लागी आवश्यक भएकाले लायन्स क्लबले पुर्याउँदै आएको सेवाहरू एउटा उदाहरण रहेको मन्त्री यादवले बताए ।
 
आब आउने दिनमा स्थानीय तह, प्रदेश सरकार वा अन्य निकायबाट सहयोगका साथ यहाँ कार्यक्रमहरु ल्याउने मन्त्री यादवले घोषणा गरे।

उनले भने,' त्यस्तै यो प्रदेशमा स्थानीय निकायमा कांग्रेसका १३६ पालिकामा निर्वाचित जनप्रतिनिधिहरू रहेको कारण त्यहाँपनि समर्थनका कार्यक्रम गर्न र साथीहरूलाई लायन्स क्लब संग समन्वय गर्न आग्रह गर्छु। स्वास्थ्य सेवा, शिक्षा सेवा , र वातावरणमा आफ्नो योगदान दिन आग्रह गर्छु।'

आउने दिनमा पनि हाम्रो सहयोग रहनेछ मन्त्री यादवले बताए । अध्यक्षता गभर्नर लायन शिव कुमार कटवाल र स्वागत मन्तव्य लायन प्रभात साहले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ