arrow

तिला रीचिमा बस दुर्घटनाः चार जनाको मृत्यु, घाइते १९ मध्ये तीन गम्भीर  

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
accident-final-1618290232.jpg
तस्बिर – फाइल ।

रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । मत्यु हुनेमा तीन पुरुष र एक महिला हुन् । 

रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नं को बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिकाका २२ वर्षीय प्रकाश बाँठा, माडी–४ का ५० वर्षीय गोरख डाँगी र उनकी श्रीमती ४५ वर्षीया हस्ता डाँगी र परिवर्तन–३ का ४६ वर्षीय भक्त विक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । 

दुर्घटनामा परी घाइते हुनेमा रोल्पाको माडी–६ का १४ वर्षीय नवीन बुढा, वडा नं ७ का ६२ वर्षीय कमानसिंह सुनार, रोल्पा नगरपालिका–६ दार्वोटका २५ वर्षीय कमानसिंह घर्तीमगर र माडी–४ का ९ वर्षीय मिलन डाँगी रहेका छन् । अन्य घाइतेमा माडी–६ कोर्चवाङका १५ वर्षीय मुकेश पुन, माडी–२ का २० वर्षीय जितेस बाँठा, सोही ठाउँका २३ वर्षीया हिमानी घर्तीमगर तथा हिमानी घर्तीमगरको ११ महिनाको छोरा ओल्सन  रहेका छन् । अन्य घाइतेमा माडी–४ का ३३ वर्षीया कविता खड्का, कविताको पाँच वर्षको छोरा युस, माडी–४ का २६ वर्षीया मीना डाँगी र माडी–२ का २८ वर्षीया त्रिपना बाँठामगर छन् ।

 दुर्घटनामा परी घाइते हुने अन्यमा परिवर्तन–३ का २४ वर्षीय खुम्बु बुढामगर, त्रिवेणी–२ नुवागाउँका १७ वर्षीया पूर्णिमा बुढामगर, सोही ठाउँका १३ वर्षीया सुस्मिता बुढामगर, माडी–२ घर्तीगाउँका ४० वर्षीया बिर्जना घर्तीमगर, माडी–२ घर्तीगाउँका २४ वर्षीय कमल खड्का, रोल्पा नगरपालिका–६ दारबोटका २४ वर्षीय ईन्द्रकुमार घर्तीमगर र दाङको  घोराही उपमहानगरपालिका–१२ हापुरका २४ वर्षीय चालक हुमराज बस्नेत रहेका छन् ।

घाइतेमध्ये तीन जनाको गम्भीर छ । त्रिवेणी गाउँपालिका–७ तिला रीचिमा बस दुर्घटना भएको हो । बस सडकदेखि करिब एक सय ५० मिटर तल खसेको सूचना अधिकारी भुसालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ