arrow

महावीर पुनलाई सरकारले गरायो सचेत

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
Pun-mahabir.jpeg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभूषण लिलामीमा राखेपछि सरकारले सचेत गराएको छ । पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा राखेपछि गृह मन्त्रालयले पत्राचार गर्दै विभूषण लिलामीमा नराख्न भनेको हो ।

विभूषण लिमालीमा राख्नु गैरकानूनी हुने र राखेमा रद्द हुने जानकारीसहितको पत्र पुनलाई गृह मन्त्रालयले पठाएको हो । पुनले कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए । 

कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै उनले विभूषण लिलामीमा राखेका हुन् । तर गृह मन्त्रालयले मानपदवी, अलङ्कार, तथा पदकजस्ता विभूषण कसैलाई बिक्री गरेमा, बन्धकी राखेमा कानुनविपरीत हुुने र कसैले यस्ता कार्य गरेमा विभूषण रद्द हुने भन्दै गृह मन्त्रालयले सोमबार सूचना जारी गरेको थियो । साथै मंगलबार पुनलाई पत्राचार गरेर सचेत गराइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ