arrow

सुन प्रकरणमा छानबिन समिति बनाउनेबारे भोटिङ गर्न योगेश भट्टराईको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
yogesh-bhattarai-2080-04-23.jpg

काठमाडौँ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने विषयमा संसदमा भोटिङ गर्न प्रस्ताव राखेका छन् । 

मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले सुन तस्करी प्रकरणमा छानबिन गर्न छानबिन समिति बनाउनुपर्ने एमालेको माग कायमै रहेको बताएका हुन् । 

उनले छानबिन समिति बनाउने र नबनाउने पक्षमा कुराहरु आइरहेको भन्दै संसदमा यसको पक्ष र विपक्षमा भोटिङ गर्न उनले प्रस्ताव गरे । 

समिति नबनाउने पक्षमा बहुमत आएमा एमालेले आन्दोलन स्थगन गर्ने बताए । उनले गृहमन्त्रीदेखि सम्बन्धित सबै निकायलाई पनि प्रश्न सोध्नुपर्ने र अनुसन्धान गर्नुपर्ने आवश्यकता भएकाले राजनीतिक तहबाट छानबिन समिति बनाउनु आवश्यक भएको बताए । 

छानबिन समिति नबनाएसम्म एमालेको आन्दोलन जारी रहने उनले स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ