- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । विश्वकै दोस्रो अग्लो हिमाल पाकिस्तानस्थित माउन्ट केटुको सफल आरोहण गरी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ आज बिहान नेपाल आइपुगेकी छिन् ।
पुर्णिमाले गत साउन ११ गते ८ हजार ६ सय ११ मिटर अग्लो केटु हिमालको सफलतापूर्वक आरोहण गरेकी थिइन् ।
चौध वटा अग्लामध्ये सबैभन्दा कठिन मानिने केटुलाई माउन्टेन किलर भनेरसमेत चिनिन्छ । ६ वर्ष अघि पर्वतारोहणको यात्रा शुरु गरेकी पूर्णिमाले यसअघि नै नेपालमा रहेका ८ हजार मिटर माथिका ७ वटा शिखर आरोहण गरी सकेकी छिन् ।
पूर्णिमाले नेपाली कम्पनी एट के एक्स्पिडिसन्सबाट आरोहण गरेकी हुन् ।