arrow

कीर्तिमानी आरोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको आरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १९ शनिबार
Nirmal-purja1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले एक रिपोर्ट प्रकाशित गर्दै पुर्जाले हिमाल आरोहण गर्ने महिला आरोहीलाई यौन दुर्व्यवहार गरेको उल्लेख गरेको छ ।

रिपोर्टमा पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौँको होटलमा पुर्जाले दुव्यर्वहार गरेको आरोप लगाएकी छिन् । उनले डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माइ लाइफ २’ मा पनि उनले नाम उल्लेख नगरी चर्चित आरोहीले आफूलाई दुर्व्यवहार गरेको अस्पष्ट घटनाक्रम उल्लेख गरेकी थिइन् । 

न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा लोताले आफ्नो पुस्तकमा उल्लेख गरिएको व्यक्ति पुर्जा भएको खुलासा गरेकी छिन् । रिपोर्टमा पुर्जाले होटलको कोठामा लगेर दुर्व्यवहार गरेको सविस्तार उल्लेख गरिएको छ ।

उनले भनेकी छिन्, ‘मैले इन्कार गर्दा गर्दै उनले मेरो कपडा खोल्न थाले, मैले महिनावारी भएको छ भन्दा पनि उनी रोकिएनन्, एक पटक मेरो गोप्य अंगसम्म हात पुर्‍याए ।’

उनले पुर्जा ब्रिटिश सेनामा प्रशिक्षण लिएको र बलियो भएकाले आफू निरीह बनेको र प्रतिवाद गर्न नसकेको बताएकी छिन् । रिपोर्टमा यस विषयमा पुर्जाले प्रतिक्रिया नदिए पनि उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै आरोप अस्वीकार गरेको उल्लेख छ ।

रिपोर्टमा लता बाहेक क्यालिफोर्नियाकी डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमति बिना पटकपटक चुम्बन गरेको आरोप लगाएकी छिन् । 

पुर्जाले विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड रहेका पुर्जा आफ्नो टेन्टमा आएर दुर्व्यवहार गरेको बताएकी छिन् । डा। अप्रिलको आरोपमा पनि पुर्जाका वकिलले भने खण्डन गरेका छन् ।

यो घटनापछि दुवै महिलाले आफू नजिकका साथीलाई बताएको र ती म्यासेजहरू न्यूयोर्क टाइम्सले अध्ययन गर्दा सत्य भेटिएको रिपोर्टमा दाबी गरिएको छ ।

पुर्जा आफ्नो एलाइट हिमालयन एड्भेन्चरमार्फत आरोहीलाई हिमाल चढ्न सहयोग गर्छन् । उनले कतारको राजपरिवारकी सदस्य आश्मा थानीदेखि रसियन मोडल भिक्टोरिया बोन्या जस्ता उच्च प्रोफाइलका महिलालाई समेत आरोहणमा सहयोग गरेका छन् ।

विश्वका ८ हजार भन्दा अग्ला सबै हिमाल चढेका पुर्जाबारे नेटफ्ल्क्सिले डकुमेन्ट्री नै बनाएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ