- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनकै निवास गल्फुटारबाट पक्राउ गरेको पारिवारिक स्रोतले बताएको छ ।
सीआई प्रमुख एआईजी किरण बज्राचार्यले भने आफू बाहिर भएकाले के रहेछ बुझ्ने बताएकी छिन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको आदेशमा पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ ।
यसअघि सांसद शर्माले सुन प्रकरणमा संलग्न मुख्य नाइकेलाई पक्राउ गर्न माग गर्दै सुन तस्करी प्रकरणलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।
गत साउन १० गते संसद बैठकमै उनले सुन तस्करीका मुख्य अभियुक्त नसमातिए संसदमै आमरण अनशन बस्ने चेतावनी पनि दिएका थिए ।
‘सुन प्रकरणलाई गुमचुप पारेर गाउँको बिचरा भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भाग्छन् र अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छन् भने प्रधानमन्त्री फर्केपछि उहाँहरूले तोकेको मितिभित्र भरियामात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन घोषणा गर्न चाहन्छु‚’ उनले बैठकमा भनेका थिए ।