arrow

मिटरब्याजीको आरोपमा महिला पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
pakrau9.jpg

सिरहा ।  सिरहामा चर्को मिटरब्याजको रकम चलाउने आरोपमा एक महिला पक्राउ परेकी छन् । मिर्चैया नगरपालिका-६ की ३५ वर्षीया सुजाता साह पक्राउ परेकी हुन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

स्थानीय ममतादेवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेनसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बूले जानकारी दिए । 

उनमाथि थप अनुसन्धान भइरहेको बताइएको छ । साहमाथि प्रहरी र जिल्ला प्रशासनमा उजुरी परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ