arrow

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा, तीन नयाँ अनुहार

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
women-cricket-nepal-2023.jpeg

काठमाडौँ । तीन नयाँ अनुहारलाई सामेल गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी–२० विश्वकपको एसिया छनोटको लागि नेपाली टिमको घोषणा गरेको छ ।

क्यानले बिहीबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । रुबी पोदार, खुशी डंगोल र पूजा महतोले पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएका हुन् । 

नेपाली टोलीमा रुबिना, सीता रानामगर, इन्दु बर्मा, बिन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुबी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुशी डंगोल रहेका छन् । 

१२ देशले भाग लिने विश्वकपको एसिया छनोट आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ ।

नेपाल रहेको समूह ए मा आयोजक मलेसियासँगै बहराइन, भुटान, कतार र यूएई रहेका छन् । त्यस्तै समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्याण्ड रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ