arrow

प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्दा लगानीकर्ता समस्यामा : अध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
chandra-dhakal-energy-minister.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राधिकरणले आफ्नो अनुकूल बिजुली किन्ने गरेकोले उत्पादित सबै बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेट्न महासङ्घको  पदाधिकारीसहित ऊर्जा मन्त्रालयमा पुग्नुभएका ढकालले 
दोर्दी कोरिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित आयोजना पूर्ण क्षमता चल्न नसकेको बताए।

अध्यक्ष ढकालले निजी क्षेत्रलाई विद्युत् उत्पादनमा लगानीका लागि सरकारले उत्प्रेरित गर्न ऊर्जा मन्त्रीलाई आग्रह समेत गरे।

यस्तै,उद्योगी व्यवसायीले भोल्टेजको समस्या भोगिरहेका तथा पटक पटक बत्ती काटिदा औद्योगिक क्षमता घटेको र उपकरणमा समस्या देखिएको भन्दै तत्काल समाधान गर्न अध्यक्ष ढकालले आग्रह गरेका छन्।

अध्यक्ष ढकालले वैदेशिक लगानी भित्र्याउनका लागि निजी क्षेत्रले सार्थक पहल गरिरहेको जानकारी दिए।

सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले मन्त्री बस्नेतलाई ऊर्जा उद्यमीले बेहोर्नुपरेको समस्या समेटिएको ज्ञापन पत्रसमेत बुझाएका थिए। 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिक रूपमा समाधान गर्ने बताए। उनले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको निरूपण हुने बताए।

सरकार र निजी क्षेत्रको सार्थक प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको बृहत्तर विकास र विस्तार हुने तथा नयाँ अवसरको सिर्जना हुनेसमेत मन्त्री बस्नेतको भनाइ छ।



नयाँ