arrow

सय किलो सुन प्रकरणमा अडुकियाका छोरा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
rakeshkumar-adugiya-2080-04-10.jpg
राकेशकुमार अडुकिया

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते बाहिरिएको अवैध सय किलो सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन पक्राउ परेका छन् । 

उनलाई विमानस्थलबाट अध्यागमन कार्यालयले पक्राउ गरेको हो । उनी भारतीय राहदानी प्रयोग गरेर इन्डिगो जहाजबाट नेपाल आएका थिए ।

राकेश भने सुन बरामदपछि फरार छन् । उनको नाममा पक्राउ पुर्जी जारी भइसकेको छ । राकेशको घरमा यसअघि नै विभागले छापासमेत मारेको थियो ।

पक्राउ परेका रोहनलाई अध्यागमनले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ । 

सुन तस्करी प्रकरणमा अहिलेसम्म २१ जना पक्राउ परिसकेका छन् । जसमा पाँच विदेशी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ