arrow

बम विष्फोटको चेतावनीपछि आइफल टावरमा  दुई घण्टा सेवा अवरूद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
eiffel-towel.jpg
तस्बिर – फाइल ।

पेरिस । फ्रान्सको सबैभन्दा प्रसिद्धस्थल आइफल टावरमा विस्फोटक पदार्थ राखेको चेतावनी पछि पेरिसमा रहेको उक्त स्थान केही समयका लागि खाली गर्नुपरेको छ ।

प्रहरी स्रोतले शनिबार फ्रान्सेली दैनिक समाचार पत्र ‘ले पेरिसियन’लाई दिएको जानकारीअनुसार आइफल टावरमा यो हप्ता धेरै आगन्तुकहरूको अपेक्षा गरिएको छ र उनीहरूको सुरक्षाको लागि टावर खाली गर्नु ‘सावधानी’ को उत्तम उपाय थियो ।

टावरको सबै स्थानमा परीक्षण गरेपछि करिब १०ः०० बजे बन्द भएको टावरलाई करिब दुई घण्टापछि खतराको चेतावनी अन्त्य गर्दै सबैका लागि पुनः आवागमन खोलिएको थियो ।

सेवा पुनः सञ्चालनमा आएपछि उक्त स्थानमा व्यापक प्रहरी बललाई तैनाथ गरी सबैलाई निर्भीक तरिकाले अवलोकन गर्ने वातावरण बनाइएको थियो । 

यसअघि सन् २०२० को सेप्टेम्बरमा पनि प्रहरीलाई बेनामी फोन गरेर टावरमा खतरा रहेको चेतावनी दिएपछि खाली गराइएको ‘ले पेरिसियन’ले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ