arrow

सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिकलाई छाडियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
100kg-gold-2080-04-04.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एक सय किलो सुन तस्करी प्रकरणमा समातिएका दुई चिनियाँ नागकिरलाई प्रहरीले रिहा गरेको छ । सुन तस्करीमा संलग्न भएको आशङ्कामा समातिएका उनीहरु संलग्न भएको नदेखिएकाले छाडिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए । 
 “उनीहरुको नाम मिल्दो जुल्दो भएकाले अध्यागमन विभागले नियन्त्रणमा लिएर सीआईबीमा बुझाएका थियो, तर अनुसन्धान गर्दा उनीहरु त्यसमा संलग्न नभएको पाइएपछि छाडिएको हो”, प्रवक्ता कडायतले बताए । रिहा हुनेमा ली जियालिङ र लिउ फुयान रहेका छन् । 

शुक्रबार बिहान हिमालय एयरको उडानबाट चीन जान लागेका बेला उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । त्यसअघि पक्राउ परेकाहरु भने प्रहरी हिरासतमै रहेका छन् । उनीहरुमाथि अनुसन्धान जारी रहेको जनाइएको छ । 

हङकङबाट ल्याइएको करिब एक सय किलो सुन साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो । अहिले उक्त प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ