arrow

जैसवाल र गिलको कीर्तिमानी साझेदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
jaiswal-gill-t20.jpg

काठमाडौँ । भारत र वेष्ट इन्डिजबीचको टी–२० क्रिकेट श्रृंखलाको निर्णायक खेल आज राति हुँदैछ । पाँच खेलको श्रृंललाका शुरुआती दुई खेल हारेर निराश भारतले त्यसपछिका लगातार दुई खेल जितेर खेलमा फर्किएको छ । 

आज राति पाँचौँ तथा अन्तिम खेल हुँदैछ । त्यसअघि गएराति भएको चौथो खेलमा भारत ९ विकेटले विजयी भयो । खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले फ्लोरिडाको मैदानमा ८ विकेटको क्षतिमा १७८ रन बनायो । शिम्रन हेटमायरले ३९ बलमा ६१ तथा शाइ होपले २९ बलमा ४५ रन जोडे । 

अर्शदीप सिंहले ३ तथा कुलदीप यादवले २ विकेट लिए । जवाफमा भारतले १७ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्यो । 

पहिलो विकेटका लागि यशस्वी जैसवाल र शुबमन गिलले कीर्तिमानी साझेदारी गरे । दुवैबीच पहिलो विकेटका लागि १६५ रनको साझेदारी भएको हो । 

यो साझेदारी वेष्ट इन्डिजविरुद्ध अहिलेसम्मकै बढी हो । यसअघि सन् २०१९ को ११ डिसेम्बरमा के एल राहुल र रोहित शर्माले १३५ रनको साझेदारी गरेका थिए । 

सो क्रममा जैसवालले ५१ बलमा अविजित रहँदै ८४ रन बनाए भने गिलले ४७ बलमा ७७ रन जोडेर आउट भए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ