arrow

एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा निलेन्द्र 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
nilendraraj-shrestha-noc.jpg

काठमाडौँ । नेपाल ट्रायथलन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ एसिया ट्रायथलनको अध्यक्षका सिनियर सल्लाहकारमा नियुक्त भएका छन् । उनलाई वेस्ट एसिया ट्रायथलन संघका अध्यक्ष तथा साउदी अरेबिया ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका साउदी अरेबियाका राजकुमार फहाद बिन जलाबी बिन अब्दुल अजिजले सिनियर सल्लाहकारमा नियुक्त गरेका हुन् । 

सन् २०२३ को जुन २३ मा जापानमा भएको चुनावी साधारण सभाबाट अजिज अध्यक्ष चुनिएका थिए । उनी ओलम्पिक काउन्सिल अफ एसियाअन्तर्गतको कार्यकारी कार्यालयका सदस्य तथा शैक्षिक कमिटीका अध्यक्षसमेत हुन् ।

गत अगस्त ५ मा रियादमा बसेको चुनावपछिको पहिलो तथा ९० औँ कार्यकारी बैठकमा अजिजले श्रेष्ठलाई एसिया ट्रायथलनको अध्यक्षका सिनियर सल्लाहकारमा नियुक्त गरेका हुन् । 

उनी विश्व ट्रायथलन अन्तर्गतको एनओसी रियलेसन कमिसनका सदस्य तथा ओलम्पिक काउन्सिल अफ एसियाको कल्चर कमिसनका सदस्यसमेत हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ