arrow

नेपालमा बङ्गालको खाडीको प्रभाव, आजको मौसम यस्तो

यस्तो रहनेछ आजको मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
weather-evergreen-rain.jpg

काठमाडौं । आज मङ्गलवार पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। हाल देशभर सामान्य देखि पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

नेपालमा मनसुनको न्यून चापीय रेखा  सरदर स्थान भन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक) अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ । यसका साथै बङ्गालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ।

विभागका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राती कोसी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ