arrow

सामान्य प्रशासन मन्त्रालय पाएकी अनितादेवीको शपथ आज

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
general-administration-federal-affairs.jpg

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी अनितादेवी साहले आज शपथ लिँदै छिन् ।   जनमत पार्टीका तर्फबाट साहले आज बिहान मन्त्रालयको जिम्मेवारीको शपथ लिने भएकी छन् । 

आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । उनले भने, “हामीले उनको नाम धेरै अघिदेखि पठाएका थियौँ । सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा शपथका लागि खबर आएको छ ।”

जनमत पार्टीको सचिवसमेत रहेका साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुन् । साह जनमत पार्टी स्थापनाकालदेखि नै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएकी छन्  ।

यसअघि उनले विसं २०७९ को स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको प्रमुखका रूपमा उम्मेदवारी दिएकी थिइन् । उनी जनकपुरमा भएको पार्टीको महाधिवेशनको आयोजक समितिको अध्यक्ष समेत बनिन् । विसं २०३९ मा औरही गाउँपालिकामा जन्मिएकी उनले जनसङ्ख्या विषयमा स्नातकसम्म अध्ययन गरेकी छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ