arrow

पहिरोले बेनिघाट-आरुघाट सडकखण्ड अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
Gorkha-hamrakura.jpg.jpeg

गोरखा । केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट-आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका-४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

पहिरोले बेनिघाट आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको उनले बताए । सडक माथिबाट ठूला-ठूला ढु¬ङ्गासहितको पहिरो खसेको स्थानीयले जानकारी दिएको उनले बताए । पहिराले दुईतर्फी सडक अवरुद्ध भएपछि सवारी साधान आउजाउ ठप्प भएका छन् । 

सडक अवरुद्ध भएपछि आरुघाट, घाटबेँसी, बेनिघाट हँुदै काठमाण्डौ ओहोर-दोहोर गर्ने सवारी साधन चल्न सकेका छैनन् भने बोलेरोलगायतका निजी तथा भाडाका सवारी साधन पनि पूर्णरुपमा रोकिएकोे उनले बताए । अवरुद्ध सडक हटाउन आवश्यक पहल भइरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

“ठूलाठूला ढुङ्ग पनि पहिरोसँगै खसेको छ, पहिरो हटाउनका आवश्यक पहल भइरहेको छ”, उनले भने, “लगातार वर्ष भइरहेकाले पहिरो हटाउनका लागि समस्या भइरहेको छ ।” उक्त पहिरोका कारण  फुजेल, बेनिघाट हुँदै काठमाडौँ चितवनलगायतका सहरमा छुट्ने सवारी साधान पनि अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ