arrow

अनिता देवीले लिइन् शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
anitadevi-oath.jpg

काठमाडौँ । नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको पद तथा गोपनीयता शपथ लिएकी हुन् ।

माओवादी केन्द्रका अमनलाल मोदीलाई फिर्ता बोलाएर माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीकी सांसद साहलाई सो मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सीके राउत, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री प्रचण्डले सात महिनामा १२ पटक मन्त्री हरेफेर गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ