arrow

नबिल बैङ्कले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
nabil-dhukka-ghar-karja-house-loan.jpg

काठमाडौँ। नबिल बैङ्कले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ। यो योजना अन्तर्गत बैङ्कले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ।

यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ। जसमा ७ वर्षको लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ।

नबिल बैङ्कका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिना तिर्नु पर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन् । यस कुरालाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा’ ल्याएका छौँ।’ यस योजना अन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन सक्ने उनले थपिन्।

नबिलको यो योजनाले ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज हुनेछ । बैङ्कका अनुसार नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन्।

यो योजनाले दुई लाख रुपैयाँ सम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गर्नेछ। यस घर कर्जा सुविधा लिनको लागि सेवाग्राहीले नजिकैको नबिल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नेछन्।

नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो। नबिलले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा  र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ। नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ