arrow

प्रधानमन्त्री प्रचण्ड क्वार्ज क्रिष्टल गोरखामै राख्न सकारात्मक

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
prachanda-2080-04-30a.jpg

काठमाडौँ । गोरखामा प्रहरीले बरामद गरेको टल्कने ढुङ्गा क्वार्ज क्रिष्टल गोरखामै राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक देखिएका छन् ।

गोरखाको सतिपिपलस्थित चन्द्रमान शाहीको घरबाट गत असार १४ गते प्रहरीले बरामद गरेको टल्कने ढुंगा क्वार्ज क्रिष्टल भएको खानी तथा भूगर्भ विभागका भूगर्भविदहरूले परीक्षणबाट पुष्टि गरेपछि यसको महत्व बढेको हो । 

शाही परिवारले पुस्तौँदेखि कुलदेउताका रूपमा पुज्दै आएकोले क्वार्ज क्रिष्टललाई गोरखा दरबारसँगै रहेको कालिका मन्दिरमा प्रतिस्थापन गर्ने निर्णय गोरखा नगरपालिकाले गरेको थियो । सो जानकारी प्रधानमन्त्री एवं गोरखा २ का सांसद प्रचण्डलाई दिन प्रतिनिधिमण्डल काठमाडौँ आएको हो । 

क्रिष्टललाई भगवती शिलाका रूपमा कालिका मन्दिरमा प्रतिस्थापन गर्ने गोरखा नगरपालिकाको तयारी रहेको छ । 

तर भूगर्भ विभागले भने विभागको संग्रहालयमा राख्नुपर्ने बताएको छ । 

तर मंगलबार गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाई, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरलगायत प्रतिनिधिमण्डलसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले क्वार्ज क्रिष्टल गोरखामै राख्न आफू सकारात्मक रहेको बताएका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ