arrow

‘ड्रिम टुगेदर मास्टर्स प्रोग्राम’ पढ्न फेन्सिङ खेलाडी सिंह सोल जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
fencing-2080-04-30.jpg

काठमाडौँ । फेन्सिङका राष्ट्रिय खेलाडी ओमकर सिंह ‘ड्रिम टुगेदर मास्टर्स प्रोग्राम’ अन्तर्गत दक्षिण कोरियाको सोल नेसनल युनिभर्सिटीमा खेल व्यवस्थापनमा स्नातकोत्तर अध्ययनका लागि त्यसतर्फ जाने भएका छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार एक समारोहबीच उनको बिदाइ गरे । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले कमिटीको उद्देश्य खेल व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन रहेको बताए ।

सिंह कमिटीको सिफारिसमा यस अध्ययनका लागि एसोसियसन अफ नेसनल ओलम्पिक कमिटी (एएनओसी) ले छनोट गरेको हो । स्नातकोत्तर अध्ययन दुई वर्षका लागि हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ