arrow

सकियो कांग्रेसको विशेष आन्तरिक अभियान

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८० साउन ३० मंगलबार
kapilvastu-congress-2080-04-30.jpg

कपिलवस्तु । नेपाली कांग्रेस केन्द्रीय समितिको आह्वानमा साउन २० देखि ३० गतेसम्म सञ्चालित विशेष आन्तरिक अभियान सम्पन्न गरिएको छ । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको आयोजनामा तौलिहवामा सम्पन्न पत्रकार सम्मेलनमा अभियानका लागि केन्द्रीय प्रतिनिध ितथा कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले जिल्लामा अभियान प्रभावकारी रुपमा अगाडि बढाई ठोस निचोड निकाल्न सफल भएको जानकारी दिए । 

अभियानको निष्कर्षमा स्थानयि समितिदेखि भ्रातृसत्तालाई पूर्णता दिने, स्थानीय तहमा जिल्ला प्रतिनिधि तोक्ने, गाउँ सेवा दल गठन गरी केन्द्रसम्म जानकारी दिने, स्थानीय तहदेखि जिल्ला तहसम्म निरन्तर सम्पर्क सञ्जाल, जिम्मेवारी बाँडफाँट, कार्य समिति सञ्चालन गर्ने, सबै तहलाई प्रविधि मैत्री बनाउने, वरिष्ठ नेतृत्वलाई समेटेर सल्लाहकार समिति बनाउने, सबै तहको सम्मेलन भदौ मसान्तभित्र सम्पन्न गर्ने र असन्तुष्टि तथा गुनासोलाई छलफलमार्फत समाधान गर्ने गरी १० वटा निर्णय गरिएको केन्द्रीय प्रतिनिधि अब्दुल सत्तारले बताए । 

पछिल्लो समय दलीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको र कांग्रेस कमजोर भए व्यवस्थाप्रति नै आँच आउने उनको भनाइ थियो । अबका दिनमा पार्टी हराउन खोज्ने गुटविरुद्ध सबै एकजुट हुन पार्टीका नेता कार्यकर्तालाई उनले आह्वान गरे ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशबाट जिल्लामा खटिएका प्रदेश प्रतिनिधि तथा कांग्रेस लुम्बिनी प्रदेश उपभापति भुवनप्रसाद श्रेष्ठले गुट भित्रको उपगुटले कांग्रेसमा समस्या पार्दै आएको प्रष्ट्याउदै अब गुट होइन एकजुट हुने बेला आएको उनले बताए । 

काँग्रेसले चाडैं नै “समुदायमा कांग्रेस अभियान” सञ्चालन गर्न थालेको श्रेष्ठले जानकारी दिए । नेपाल प्रेस युनियन राष्ट्रियता, लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा सदैव तत्पर रहेको युनियनका जिल्ला अध्यक्ष खगप्रसाद चापागाईले बताए । विशेष आन्तरिक अभियानले कांग्रेसलाई एकताबद्ध बनाउन र लोकतन्त्रको सम्बद्र्धनमा टेवा पुर्याउने उनको भनाइ थियो ।

प्रेस युनियनका सदस्य अशोक पौडेलको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा कांग्रेस लुम्बिनी प्रदेश सदस्य कुसुमराज ज्ञवाली, शान्ता भण्डारी, रिना बिक, पार्टीका जिल्ला सचिव शक्ति सिंह ठकुरी, पत्रकार महासंघ शाखा अध्यक्ष किरणमान बज्राचार्य, महासंघ कपिलवस्तुका पुर्व अध्यक्ष मनोज पौडेल, प्रेस युनियन कपिलवस्तुका निर्वतमान अध्यक्ष गोपाल भण्डारी, प्रेस युनियन केन्द्रीय सदस्य नारद कोहार लगायतको सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ