arrow

प्रचण्डको स्वीकारोक्तिः सांसद शर्मालाई पक्रनु गल्ती, लामालाई नियुक्त गर्नु भुल

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
prachanda-2080-04-30b.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माको गिरफ्तारी एक सातासम्म रोकेको बताएका छन् । उनले सबै प्रमाण पुगेको र पक्राउ नगरे बर्बादै हुने भनेर आफूलाई ब्रिफिङ गरिएको वर्णन गरिएको बताए । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सम्पादकहरुसँगको अन्तरक्रियाका क्रममा उनले डा. शर्मालाई पक्राउ गर्ने बेला थाहै नदिएको संकेत गरे । बिना तथ्य र प्रमाण धरपकड र जता पनि हात हाल्दा समस्या भएको संकेत गर्दै डा. शर्मालाई पक्राउ गर्नु पनि गलत भएको महसुस गरे । 

उनले सो क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान नै शंकास्पद रहेको आशय व्यक्त गरे । 

गत बिहीबार सीआईबीले जबरजस्ती पक्राउ गरे पनि बुधबार सांसद शर्मालाई काठमाडौँ जिल्ला अदालतले साधारण तारेखमा रहेर अनुसन्धान गर्न आदेश दिएको थियो । 

त्यस्तैगरी प्रधानमन्त्री प्रचण्डले ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति गर्नु भुल भएको स्वीकारे । उनले लामाको नियुक्तिपछि धेरै विवाद आएको र नियुक्ति प्रक्रिया पनि आफूलाई चित्त नबुझेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ