arrow

दोलखाका तत्कालीन सीडीओ भ्रष्टाचारमा दोषी ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
special-court.jpg

काठमाडौँ । विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ ।
   
न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले मंगलबार घुस र हिनामिना गरेको विभिन्न पाँचवटा कसुरमा दोषी ठहर गरेको हो ।
   
अदालतले निजलाई एक वर्ष कैद, रु चार लाख बिगो र सोहीअनुरुप जरिवाना हुने आदेश गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते रिजालविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको थियो ।
   
अख्तियारले दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले कार्यालयमा बसेर विभिन्न स्थानमा अनुगमनमा खटिएको भनी भ्रमण भत्ता लिएको अख्तियारको अभियोगपत्रमा जिकिर गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ