arrow

प्रचण्डले यस्तो घोषणा गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
prachanda-2080-04-17a.jpg

काठमाडौं ।  सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ । सो बारे आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक घोषणा गर्दै छन् । 

प्रज्ञा भवन कमलादीमा आज बिहान १० बजे आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री दाहालले औपचारिक घोषणा गर्ने छन् । 

अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मङ्सिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ