arrow

आजको मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
weather-evergreen-rain.jpg

काठमाडौं । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । 

हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशको केही स्थानहरुमा, वागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सबै प्रदेशका पहाडी भू–भागको केही स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ