arrow

थप चार चिनियाँ सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
100kg-gold-cib-2080-04-21 (10).jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अवैध सुन तस्करीमा संलग्न रहेको शंकामा नेपाल प्रहरीले थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँबाट पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिएका छन् । 

पक्राउ पर्ने चिनियाँ नागरिक ली नेङ्गकाय, विन तङ, तियान मी र डिङ्ग सेग्फा हुन् । 

यसअघि गत मंगलबार पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई भने प्रहरीले नगदसहित बरामद गरेकाले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई बुझाएको छ । 

राजस्वले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन नियन्त्रणमा लिएको थियो । उक्त सुनको तौल ६० किलो ७१६ ग्राम रहेको छ । 

अहिलेसम्म उक्त प्रकरणको शंकामा २२ जना पक्राउ परिसकेका छन् । अहिले यो प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ