arrow

नेप्सेमा सामान्य सुधार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । शेयर बजारले बिहीबार सकारात्मक संकेत देखाएको छ । यस दिन नेप्से सूचक ८.०१ विन्दुले बढेर २०३३.१३ अंकमा आएको छ । १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । 

यसअघि विशेषगरी बजारमा ब्याजदर वृद्धिको हल्ला बेस्सरी चलेको थियो । सबै बैँकले बढाउन सक्ने अनुमान पनि भइरहेको थियो । 

तर ब्याजदर बढाउनेमात्र होइन, घटाउने बैंकहरु पनि भए । एक दर्जन बैंकले ब्याजदर बढाए पनि विशेषगरी ठूला र सबल बैंकहरुले भने ब्याजदर घटाए । केहीले स्थिर पनि राखे । 

यस दिन २७१ कम्पनीको ४० लाख ९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ करोड ७१ लाख रुपैयाँसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र घोराही सिमेन्ट्स परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ